
काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.४८ अंकले घटेर २६०९.६९ विन्दुमा सीमित भएको छ ।
यसअघिका चार कारोबार दिन पनि नेप्से लगातार घटेको थियो । आइतबार नेप्सेमा कुल ५ अर्ब ३३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आइतबार कारोबारमा आएकामध्ये ४६ कम्पनीको सेयर मूल्य बढ्दा २०४ कम्पनीको घटेको छ । यस्तै, ८ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।
स्वस्तिक लघुवित्त, श्रीनगर एग्रिटक र झापा इनर्जीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।







प्रतिक्रिया