
एजेन्सी । सिंगापुरले सन् २०२६ जनवरी ३० देखि थप कडा नो–बोर्डिङ निर्देशन लागू गर्ने भएको छ ।
त्यसअनुसार देशका प्रवेश नियमहरू पालन नगर्ने यात्रुलाई विमानमा चढ्न विमान कम्पनीहरूले रोक्नैपर्नेछ ।
इमिग्रेसन एन्ड चेकपोइन्ट्स अथोरिटी (आईसीए) का अनुसार, सिंगापुर जाने उडानहरूलाई आईसीएले सूचनाहरू पठाउनेछ ।
त्यहाँ अवाञ्छित ठहरिएका वा वैध कागजात नभएका (भिसा नभएको वा छ महिनाभन्दा कम अवधि बाँकी रहेको यात्रा कागजात) यात्रुहरूको सूची रहनेछ ।
यस निर्देशनअनुसार, एयरलाइन्सले यस्ता यात्रुलाई बोर्डिङ गर्न दिनै हुँदैन । बोर्डिङ रोकिने व्यक्तिहरूले नयाँ टिकट बुक गर्नुअघि आईसीएको फिडब्याक च्यानलमार्फत प्रवेश स्वीकृतिका लागि लेखेर अनुरोध गर्न सक्नेछन् ।
आईसीएले एयरलाइन्सबाट यात्रुहरूको विवरण पनि पाउनेछ र केही यात्रुलाई थप कडा जाँचका लागि पहिचान गर्न सक्छ । यसले आगमनपूर्वको निगरानी झनै कडा हुने संकेत गर्छ ।
निर्देशन नमान्ने एयरलाइन्सलाई १० हजार सिंगापुरी डलरसम्म जरिवाना हुन सक्छ । नियम उल्लंघन गर्ने पाइलट वा एयरलाइन्स कर्मचारीलाई पनि १० हजारसम्मको जरिवाना, ६ महिनासम्म कैद वा दुवै सजाय हुन सक्छ ।







प्रतिक्रिया