
काठमाडौं । सिद्धार्थ बैंकले रामेश्वर प्रसाद बस्याललाई कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) नियुक्त गरेको छ ।
मंगलबार अपराह्न बसेको सञ्चालक समिति बैठकले हाल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत रहेका बस्याललाई मंसिर २७ गतेदेखि लागू हुने गरी कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।
हालका सीईओ सुन्दरप्रसाद कँडेलको चार वर्षे कार्यकाल मंसिर २६ गतेबाट समाप्त हुँदैछ । कँडेल २०७८ मंसिरमा सीईओ बनेका थिए । त्यसअघि उनी नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा रहेर केही समय कामु सीईओ पनि बनेका थिए ।







प्रतिक्रिया