एनआईसी एशिया बैंकका ग्राहकले दृष्टि आई केयरमा २० प्रतिशतसम्म छुट पाउने

35
Shares

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले दृष्टि आई केयरमा सेवा लिँदा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकका ग्राहकलाई विशेष छुट उपलब्ध हुने सम्बन्धमा अस्पताल र बैंकबीच सम्झौता भएको हो ।

सम्झौतापश्चात यस बैंकका ग्राहकले काठमाडौंमा रहेका दृष्टि आई केयरमा उपलब्ध विभिन्न सेवाहरु उपयोग गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । यस अस्पतालबाट आँखा, नाक, कान तथा घाँटी सम्बन्धी उपचार गर्दा छुट सुविधा प्राप्त गर्न सकिनेछ । ईएनटी एन्ड जेनरल अन्तर्गत ओपीडीमा २० प्रतिशत तथा अनुसन्धानमा १० प्रतिशतसम्म छुट पाउनेछन् ।

साथै आँखा उपचार गर्दा ओपीडी जेनरलमा २० प्रतिशत, अपरेसन चार्ज, सर्जरी प्याकेज तथा अनुसन्धानमा ५ प्रतिशत र ल्याब्रोरेटरीमा १० प्रतिशत तथा अप्टिकल प्रोडक्टमा साढे ७ प्रतिशत छुट पाउनेछन् ।

यस सुविधाको उपयोग गर्न ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने छ ।