राष्ट्र बैंक परिमार्जन गर्यो नीतिगत दरहरू

1.4k
Shares

काठमाडौं । राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामा गरेको घोषणा अनुसार नीतिगत दरहरु परिमार्जन गरी कार्यान्वयनमा ल्याएको छ ।

सोमबार चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको प्रथम त्रैमसिक समिक्षा सार्वजनिक गर्दै नीतिगत दरहरुमा हेरफेर गर्ने घोषणा गरेको थियो ।

सोही घोषणा कार्यान्वयन गर्न मंगबार एकीकृत निर्देशनमा संशोधन गर्दै बैंकदर ६ प्रतिशतबाट ५.७५ प्रतिशत बनाएको छ । त्यस्तै स्थायि तरलता सुविधा दर पनि ६ प्रतिशतबाट ५.७५ प्रतिशत रनीतिगत दर ४.५ प्रतिशतबाट ४.२५ प्रतिशतमा घटाएको हो।