सांग्रिला बैंकद्वारा इलामका बाढीपहिरो प्रभावितलाई न्यानो कपडा वितरण

7
Shares

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले इलामका बाढीपहिरो प्रभावितलाई न्यानो कपडा वितरण गरेको छ । मंसिर १५ गते आयोजित कार्यक्रममा बैंकले सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राई र इलाम नगरपालिकाका मेयर केदार थापालाई न्यानो कपडा हस्तान्तरण गरेको हो ।

दुवै कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंकको मार्केटिङ विभाग प्रमुख अर्पणा बज्राचार्यले न्यानो कपडा हस्तान्तरण गरेकी थिइन् ।

सूर्योदय नगरपालिकाका बाढी पहिरो प्रभावितका लागि बैंकका तर्फबाट ३५० वटा नयाँ ज्याकेट र दाताहरूबाट संकलित सात बोरा न्यानो कपडा वितरण गरिएको छ ।

इलाम नगरपालिकाका बाढीपहिरो प्रभावितका लागि बैंकका तर्फबाट १७५ वटा नयाँ ज्याकेट र दाताहरूबाट संकलित पाँच बोरा न्यानो कपडा हस्तान्तरण गरिएको हो ।

बैंकको स्थापना दिवसको अवसरमा इलामका बाढीपहिरो प्रभावितका लागि न्यानो कपडा प्रदान गर्ने घोषणा गरिए अनुसार न्यानो कपडा हस्तान्तरण गरिएको हो ।

सांग्रिला डेभलपमेन्ट बैंकले हाल १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ ।