
काठमाडौं । कुमारी बैंक र आरोग्य वेल केयर क्लिनिकमा विभिन्न सेवामा बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौता अनुसार आरोग्य वेल केयर क्लिनिकबाट प्रदान गरिँदै आएको सेवामा बैंकका ग्राहकलाई ईसीजीमा १०० प्रतिशत छुट, इकोकार्डियोग्राम, २४ घण्टा एम्बुलेटरी रक्तचाप अनुगमन – एबीपीयम, २४ घण्टा होल्टर ईसीजी, एन्डोस्कोपी, कोलोनोस्कोपी र अल्ट्रासाउन्ड सोनोग्राफीमा ५० प्रतिशत छुट साथै डाक्टरको परामर्श शुल्कमा ३० प्रतिशत र प्रयोगशाला परीक्षणमा २५ प्रतिशत सम्मको छुट दिने सम्बन्धमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
बैंकले स्वास्थ्य सेवा प्रवाहमा विशेष प्राथमिकता दिँदै देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१७ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखा रहित बैंकिङ इकाइहरु मार्फत ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।










प्रतिक्रिया