
काठमाडौं । कामना सेवा विकास बैंक साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) अवार्ड २०२४ बाट सम्मानित भएको छ। बैंकलाई साफाले वित्तीय सेवा क्षेत्र अन्तर्गत प्रदान गरिने सर्टिफिकेट अफ मेरिट अवार्ड बाट सम्मान गरेको हो ।
साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) ले आर्थिक वर्ष २०२३/२४ को वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सशासनका लागि उक्त अवार्ड प्रदान गरेको हो ।
बैंकले आफ्नो १८ औं वार्षिक साधारणसभामा पेश गर्नको लागि तयार गरेको उक्त वित्तीय विवरणमा सेयरधनी तथा सरोकारवालालाई बैंकको विवरणहरु उत्कृष्ट तवरले प्रस्तुत गरेको थियो ।
साफाले पाकिस्तानको इस्लामाबादमा आयोजित एक समारोहमा उक्त अवार्ड बैंकलाई प्रदान गरेको छ । कामना सेवाले गत वर्ष समेत साफा अवार्ड जितेको थियो ।
साफा इन्टरनेसनल फेडेरेसन अफ एकाउन्टेन्टको सञ्जाल साझेदार हो जसमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स र अफगानिस्तान लगायत विभिन्न ११ वटा दक्षिण एसियाली क्षेत्रका चार्टड् एकाउन्टेन्ट निकाय समावेश छन् ।
साफाले हरेक वर्ष दक्षिण एसियाली क्षेत्रमा प्रकाशित वित्तीय प्रतिवेदनहरुको मुल्यांकन गरि विभिन्न विधामा अवार्डहरु प्रदान गर्दै आईरहेको छ ।
उक्त वित्तीय प्रतिवेदन चार्डड एकाउन्टेन्ट संस्था नेपालबाट प्रदान गरिने राष्ट्रिय उत्कृष्ट प्रतिवेदन अवार्ड २०२४ मा वित्तीय सेवा क्षेत्र तर्फको विधामा गोल्ड अवार्डबाट सम्मानित भएको थियो ।







प्रतिक्रिया