एनएमबी बैंकले भिसाबाट पायो एक्सिलेन्स इन कमर्सियल कार्डस् बिजनेस अवार्ड

28
Shares

काठमाडौं । एनएमबी बैंकलाई भिसा इन्टरनेसनलले एक्सिलेन्स इन कमर्सियल कार्डस् बिजनेस अवार्ड प्रदान गरेको छ ।

एनएमबीलाई भिसा इन्टरनेसनलले हालै आयोजना गरेको लिडरसिप कन्क्लेभ नेपाल २०२५ सम्मेलनमा एक्सिलेन्स इन कमर्सियल कार्डस् बिजनेस अवार्ड दिएको हो ।

व्यावसायिक कार्ड क्षेत्रमा गरेको उत्कृष्ट प्रदर्शन र डिजिटल भुक्तानीलाई अगाडि बढाउनमा गरेको योगदानको सम्मानस्वरूप अवार्ड पाएको बैंकले जनाएको छ ।

एनएमबि बैंकले देशभर २०२ वटा शाखा, १८४ वटा एटीएम र ९ वटा एक्स्टेन्सन काउन्टरमार्फत ग्राहकलाई बै‌किङ सेवा प्रदान गर्दै आइरहेको छ ।