सप्तकोशी सिमेन्टले आईपीअ‍ो जारी गर्ने

238
Shares


काठमाडौं । सप्तकोशी सिमेन्टले धितोपत्रको प्रारम्भिक सार्वजिनक निष्कासन (आईपीओ) जारी तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनका लागि सिद्धार्थ क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अकित मुल्यमा चुक्ता पुँजीको २० प्रतिशत सेयर सर्वसाधारणमा निष्कासन गर्ने भएको हो । आईपीओ निष्कासनको लागि १० मंसिरमा कम्पनी बिक्री प्रबन्धक नियुक्ति सम्झौतामा हस्ताक्षर गरेको छ । सम्झौतापत्रमा सप्तकोशी सिमेन्टका तर्फबाट अध्यक्ष मोना जालान र सिद्धार्थ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्कीले हस्ताक्षर गरेका छन् ।

सप्तकोशी सिमेन्टको दैनिक उत्पादन क्षमता ६०० टन छ । कम्पनीले नेपाल गुणस्तरको निर्धारित मापदण्ड अनुसार पीपीसी ४३ र ५३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ। कम्पनीले सन् २०१९ देखि निरन्तर सञ्चालन नाफा कायम राख्न सफल भएको छ ।

पूर्वी नेपालमा करिब २० प्रतिशत बजार हिस्सा ओगटेको कम्पनीको दाबी छ । आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले अघिल्लो वर्षको तुलनामा २७ प्रतिले बिक्री आम्दानी बढाएको ट । यस्तै आव २०८१/८२ को नाफाबाट कम्पनीले १२ प्रतिशत बोनस सेयर पनि जारी गरेको थियो ।

प्रस्तावित आईपीओबाट उठ्ने पुँजी नयाँ क्लिंकर प्लान्ट स्थापना तथा हाल सञ्चालनमा रहेको प्लान्टको क्षमता विस्तार गर्न प्रयोग हुने कम्पनीले जनाएको छ । यसले उत्पादन प्रक्रियामा एकीकृतता ल्याई कम्पनीको प्रतिस्पर्धात्मक क्षमता, वित्तीय प्रदर्शन र दीर्घकालीन वृद्धिलाई थप बलियो बनाउने अपेक्षा गरिएको कम्पनीले उल्लेख गरेको छ ।

Skip This