
काठमाडौं । जेनजी आन्दोलनको क्रममा सुनधारस्थित जगन्नाथ देवलको महिला कारागारबाट फरार रहेकी महिला पक्राउ परेकी छन् ।
जेनजी आन्दोलनको क्रममा गत भदौं २४ गते फरार रहेकी जिउ मास्ने बेच्ने मुद्दामा १३ वर्षसम्म कैद भोगिरहेकी ओखलढुंगाकी ३९ वर्षीया सरीता सुवेदीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले नियन्त्रणमा लिएको हो ।
सीआइबीका अनुसार बिहीबार सुवेदीलाई काठमाडौंको नागार्जुन २ को ठूलो भर्याङबाट नियन्त्रणमा लिएको हो । उनले महिला बन्दीगृहमा २०७९ कात्तिक २३ गतेदेखि सजाय भोगिरहेकी थिइन् ।










प्रतिक्रिया