
काठमाडौं । १९ करोड ८१ लाख भन्दा बढीको क्रिप्टो कारोबारी काठमाडौंबाट प्रकाउ परेका छन् । बुधबार काठमाडौं महानगरपालिका ११ को भद्रकालीस्थित केही मानिसले क्रिप्टो कारोबार गरिरहेको सूचना पाएपछि काठमाडौं प्रहरी परिसरबाट खटिएका प्रहरी टोलीले बारा कलैयाका मोहम्मद सेफलाई नियन्त्रणमा लिएको हो । २० वर्षीय सेफ काल काठमाडौं महानगर १५ बस्थे भने उनी क्रिप्टो कारोबारी गर्दै आएका थिए ।
परिसरका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार क्रिप्टोको कारोबार गर्न प्रयोग भएको २ थान मोबाइल र १९ करोड ८१ लाख ४९ हजार पाँच सय एकासी रुपैयाँ भन्दा बढी क्रिप्टो कारोबार देखिएको छ ।
उनलाई अभौतिक मुद्राको प्रयोग गर्न नहुने सम्बन्धी कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको उनले जानकारी दिए ।








प्रतिक्रिया