एनआईसी एशियाद्वारा तीन सातामै हाइड्रोमा १० अर्बभन्दा बढीको लगानी प्रतिवद्धता

4.3k
Shares

काठमाडौं । एनआईसी एशिया बैंकले पल्छिलो ३ सातामै जलविद्युतमा १० अर्ब रुपैयाँभन्दा बढीको लगानी प्रतिवद्धता जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृतमा सुजित कुमार शाक्य नियुक्त भएसँगै बैंकले लगानी रणनीति परिवर्तन गर्दै गएको हो ।

बैंकले गोल्ड लोनको लागि गोल्ड टेस्टर कर्मचारीसमेत माग गरेको छ । त्यस्तै मार्जिक प्रकृतिको सेयर धितो कर्जालाई पनि आक्रमक रुपमा विस्तर गर्ने रणनीति लिएको छ । बैंकले आधार दरमै सेयर धितो कर्जाको योजना ल्याएको हो ।

यस्तै हाइड्रोपावरमा समेत आक्रमक लगानी गर्ने योजनासहित बैंकले लगानी प्रतिवद्धता जनाएको हो । ३ सातामै हाइड्रोपावरमा १० अर्ब रुपैयाँ लगानी गर्ने प्रतिवद्धता जनाएको बैंकका प्रमुख कायकारी अधिकृत शाक्यले बताए । विगतमा सानो तथा मझौला व्यवसाय कर्जा (एमएसएमई) क्षेत्रमा आफ्नो लगानी केन्द्रित गर्दै आएको बैंकले लगानी रणनीति परिमार्जन गरेको हो ।

‘जलविद्युत देशमा तुलनात्मक लाभका हिसाबले सबैभन्दा फाइदा भएको क्षेत्र हो । त्यसैले वाणिज्य बैंक भएर पनि उक्त क्षेत्रको विकासमा योगदान नदिनु मेरो विचारमा पापसरह नै हुन्छ,’ शाक्यले भनेका छन्, ‘किनभने यो भगवानले हामीलाई दिएको वरदान हो । अब यही क्षेत्रीय फोकस नै एनआईसी एशिया बैंकको पुनरुद्धार र उत्थानका प्रमुख चालकहरू मध्ये एक हुनेछ।’

उनले एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत भएपछि पछिल्ला तीन हप्तामा करिब १० अर्ब बराबरको लगानी प्रतिबद्धता गरेको बताएका छन् ।