
काठमाडौं । भिसा इन्टरनेसनलद्वारा आयोजित लिडरसिप कन्क्लेभ नेपाल २०२५ सम्मेलनमा कुमारी बैंक दुई विधामा सम्मानित भएको छ ।
‘एक्स्लिेन्स इन क्रस बोर्डर बिजनेस’ तथा ‘एक्सिलेन्स इन कन्जुमर क्रेडिट कार्ड बिजनेस प्रिन्सिपल क्लाइन्ट’ अवार्डबाट सम्मानित भएको हो ।
यो सम्मान कुमारी बैंकको अन्तर्राष्ट्रिय व्यापार तथा क्रेडिट कार्ड व्यापारमा देखाइएको उत्कृष्टताको लागि प्रदान गरिएको हो ।
स्थापनाकालदेखि नै बैंकिङ सेवामा आधुनिक डिजिटल प्रणाली अपनाउँदै गएको बैंकका देशभर ३०२ शाखा सञ्जाल, ३१७ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखा रहित बैंकिङ इकाइ सञ्चालनमा छन् ।








प्रतिक्रिया