
काठमाडौं । लगातार चौथो दिन पनि सेयर बजारमा वृद्धि भएको छ ।
साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.६१ अंकले बढेर २६६५.६० बिन्दुमा बन्द भएको छ ।
अघिल्लो दिन मंगलबार नेप्से ५.३२ अंकले बढेको थियो भने सोमबार ५०.४४ अंकले बढेको थियो । त्यसअघि, आइतबार पनि नेप्से ३९.९२ अंकले बढेको थियो ।
बुधबार नेप्सेमा कुल ६ अर्ब ६९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । अघिल्लो दिन मंगलबार भने नेप्सेमा कुल ५ अर्ब ७७ करोड माथिको कारोबार भएको थियो ।
बुधबार कारोबारमा आएकामध्ये १४२ कम्पनीको सेयर मूल्य बढ्दा १०४ कम्पनीको घटेको छ । यस्तै, ११ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।
बुधबार छ कम्पनीको सेयर मूल्य नौ प्रतिशत बढीले वृद्धि भएको छ ।








प्रतिक्रिया