
काठमाडौं । सिटिजन्स क्यापिटलले एक अर्ब रुपैयाँ बराबरको म्युचुअल फन्ड ल्याउने भएको छ ।
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ‘सिटिजन्स सन्तुलित योजना’ नामक सामूहिक लगानी योजनालाई म्युचुअल फन्ड निष्कासन अनुमति दिएको छ ।
धितोपत्र बोर्डले १० रुपैयाँ प्रति इकाईका दरले १० करोड इकाई निष्कासन अनुमति दिएको हो ।
यो योजना बन्दमुखी हो जसको निष्कासन तथा कोष व्यवस्थापकमा सिटिजन्स क्यापिटल छ ।







प्रतिक्रिया