लगातार तेस्रो दिन पनि बढ्यो नेप्से, कारोबार घट्यो

77
Shares

काठमाडौं । सेयर बजार लगातार तेस्रो दिन पनि बढेको छ ।

आइतबार ३९.९२ अंक र सोमबार ५०.४४ अंकले बढेको सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार पनि बढेको हो । आज नेप्से ५.३२ अंक अर्थात् ०.२० प्रतिशतले बढेर २६५५.९९ बिन्दुमा उक्लिएको छ ।

सूचक बढ्दै गर्दा मंगलबारको कारोबार रकम भने घटेको छ । आज नेप्सेमा कुल ५ अर्ब ८२ करोड रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ ।

अघिल्लो दिन सोमबार भने नेप्सेमा कुल ६ अर्ब ९८ करोड बढीको कारोबार भएको थियो ।

मंगलबार कारोबारमा आएकामध्ये १२२ कम्पनीको सेयर मूल्य बढ्दा १२५ कम्पनीको घटेको छ । यस्तै, १० कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

मंगलबार तीन कम्पनीको सेयर मूल्य नौ प्रतिशत बढीले उकालो लाग्दा अधिकांश सूचक हरियाली अवस्थामा छन् ।