सालपा विकास बैंकलाई आईपीओ निष्कासन अनुमति


काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सालपा विकास बैंकलाई प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ)का लागि अनुमति प्रदान गरेको छ ।

बोर्डले सोमबार सालपा विकास बैंकलाई आईपीओ निष्काशनका लागि स्वीकृति प्रदान गरेको हो ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँ प्रतिकित्ताका दरमा १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्कासनका लागि बोर्डमा आवेदन दिएको थियो । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।