बोनस सेयर वितरणमा लाग्ने कर संगठित संस्थाले नै समायोजन गरी भुक्तानी गर्नुपर्ने


काठमाडौं । अबदेखि बोनस सेयर वितरणका क्रममा लाग्ने कर अब संगठित संस्थाले नै समायोजन गरी भुक्तानी गर्नुपर्ने भएको छ ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ मा दशौं संशोधन गर्दै बोनस सेयर वितरणसम्बन्धी कर भुक्तानी प्रक्रियामा यस्तो व्यवस्था गरेको हो ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११८ बमोजिम बोर्डलाई प्राप्त अधिकार प्रयोग गर्दै प्रकाशित निर्देशिकाले बोनस सेयर वितरणका क्रममा लाग्ने कर अब संगठित संस्थाले नै समायोजन गरी भुक्तानी गर्नुपर्ने प्रावधान थपिएको छ।

संशोधित निर्देशिका, २०८२ अनुसार निर्देशिकाको दफा ४० मा नयाँ उपदफा (७) थपिएको छ, जसअनुसार बोर्डमा धितोपत्र दर्ता गरेका सबै संगठित संस्थाहरूले सेयरधनीलाई बोनस सेयर वितरण गर्दा लाग्ने लाभांश कर सम्बन्धित संस्थाले नै बोनसबाट मिलान गरी भुक्तानी गर्ने व्यवस्था गर्नुपर्ने स्पष्ट उल्लेख गरिएको छ ।

Skip This