‘एनपीएल’का खेल डिसहोमबाहेकका डिजिटल प्लेटफर्म प्रसारण गर्नु गैरकानुनी


काठमाडौं । नेपाल क्रिकेट संघ क्यानद्वारा आयोजित ‘नेपाल प्रिमियर लिग’ डिजिटल प्लेटफर्म तथा समाजिक सञ्जालमा प्रसारण नगर्न सूचना जारी गरिएको छ ।

डिजिटल अधिकार प्राप्त संस्थाबाहेक अन्य प्लेटफर्ममा प्रसारण गरिनु अनधिकृत र गैरकानुनी रहेको बताइएको छ ।

डिजिटल प्लेटफर्म तथा सामाजिक सञ्जाल (युट्युब, फेसबुक, टिकटक, इन्स्टाग्राम, ट्विटर, टेलिग्राम) वा अन्य वेबसाइट र एपबाट लिगकका खेल बिक्री वितरण, पुनस् प्रसारण, रेकर्डिङ, सम्पादन तथा अन्य कुनै पनि किसिमले प्रयोग गर्ने(गराउने कार्य गैरकानूनी भएकाले दण्डनीय रहेको बताइएको छ ।

नेपाल प्रिमियर लिगको ओभर द टप (ओटीटी) प्रसारणसम्बन्धी सम्पूर्ण अधिकार पाएको डिश मिडिया नेटवर्कले सार्वजनिक सूचना जारी गर्दै सचेत गराएको हो ।

सूचनाअनुसार अनधिकृत लिंक, साइट तथा माध्यमहरुबाट क्रिकेट खेल हेर्न खोज्दा आफ्नो व्यक्तिगत तथा वित्तीय विवरण सार्वजनिक भई साइबर अपराधमा पर्न सक्ने हुँदा त्यस्ता अनधिकृत कार्य गर्न तथा प्रचार(प्रसार नगर्न(नगराउनु डिश होमले अनुरोध गरेको छ ।

डिश होमले सूचनामा भनेको छ, ‘नेपाल प्रिमियर लिगका कुनै पनि खेलहरु अनधिकृत रुपमा प्रसारण भएको सूचना प्राप्त भएमा वा डिशहोमलाई यथाशीघ्र जानकारी गराउनुहुन हामी नेपाल क्रिकेट संघ तथा डिश मिडिया नेटवर्क लिमिटेडको तर्फबाट संयुक्त निवेदन गर्दछौं साथै त्यस्ता अनधिकृत कार्यहरु गैरकानूनी भएकोले प्रचलित कानून बमोजिम कारबाही हुने अवगत गराउँदछौं ।’