दुई वटा मनी चेञ्जरको लाइसेन्स खारेज


काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई वटा मनी चेञ्जरको इजाजतपत्र (लाइसेन्स) रद्द गरेको छ । समय समाप्त भएको ३ महिनाभित्रमा नवीकरण नगरेकाले काठमाडौं महानगरपालिका-११ का दुईवटा मनी चेञ्जरको इजाजत पत्र खारेज गरिएको नेपाल राष्ट्र बैंकले बताएको छ ।

राष्ट्र बैंकका अनुसार श्री लर्ड बुद्ध मनी एक्सचेन्ज र श्री स्तुपा मनी चेञ्जरको लाइसेन्स खारेज भएको हो ।

‘नेपाल राष्ट्र बैंकको मनी चेञ्जर इजाजतपत्र तथा निरीक्षण विनिमावली, २०७० को विनिमय १९ को उप-विनियम (३) मा उल्लिखित व्यवस् थाबमोजिम तोकिएको समयमा नवीकरण गर्न नसकेकाले इजाजतपत्र रद्द गर्ने निर्णय भएको छ,’ राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।