
काठमाडौं । सेयर बजारमा उच्च अंकको सुधार आएको छ ।
साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३९.९२ अंकले बढेर २६००.२२ बिन्दुमा उक्लिएको छ ।
अघिल्लो कारोबार दिन अर्थात् गत साताको बिहीबार भने नेप्से ०.७९ अंकले घटेको थियो ।
आइतबार नेप्सेमा कुल ६ अर्ब २८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार भने नेप्सेमा कुल ४ अर्ब ६५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आइतबार कारोबारमा आएकामध्ये २३७ कम्पनीको सेयर मूल्य बढ्दा १८ कम्पनीको घटेको छ ।
यस्तै, २ कम्पनीको सेयर मूल्य भने स्थिर छ । आइतबार तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।








प्रतिक्रिया