काठमाडौंमा बढ्यो चिसो, आइतबार न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस


काठमाडौं । काठमाडौं उपत्यकामा विस्तारै चिसो बढ्दै गएको छ ।

शुक्रबार ११ डिग्री सेल्सियस रहेको उपत्यकाको न्यूनतम तापक्रम शनिबार एकैचोटि घटेर ८.५ मा झरेको थियो। आज (आइतबार) थप घटेको हो।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले दिएको जानकारीअनुसार आज बिहान ५.४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस देखिएको हो।

अब दिनप्रतिदिन चिसो बढ्दै जाने मौसमविद् अधिकारीले बताए।