
काठमाडौं। मार्क वाटको शतकको सहयोगमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्समाथि सहज जित निकालेको छ ।
शनिबार भएको खेलमा कर्णालीले लुम्बिनी लायन्सलाई ९ विकेटले हराएको हो । त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले दिएको १५७ रनको लक्ष्य कर्णालीले १२ ओभर २ बलमा मात्र एक विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।
कर्णालीका लागि मार्क वाटले ११४ रनको शतकीय पारी खेले । ४४ बल खेलेका उनले ६ चौका र १२ छक्का प्रहार गरे ।








प्रतिक्रिया