
काठमाडौं । नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीले एकसाथ ८ सूचीकृत कम्पनीको सेयर बेच्न भएको छ । गत असारमा धितोपत्र बोर्डले इन्भेष्टमेन्ट कम्पनीको सूचीकृत कम्पनीको सेयर खरिद गर्न रोक लगाएको थियो ।
‘सार्वजनिक निष्काशन गर्ने लगानी कम्पनीले ऊर्जा, यातायात, सञ्चार, कृषि, पर्यटन, उत्पादन तथा प्रशोधन, सूचना प्रविधि तथा खनिज उत्खननसँग सम्बन्धित संगठित संस्थाको संस्थापक सेयर बाहेक अन्य धितोपत्र र प्राथमिक तथा दोस्रो बजारमार्फत धितोपत्र खरिद गर्न नसक्ने,’ धितोपत्र बोर्डको निर्देशनमा भनिएको छ ।
तर, योग्य संस्थागत लगानीकर्ताको रुपमा समेत कार्य गर्न बोर्डबाट अनुमति प्राप्त गरेको खण्डमा ऊर्जा, यातायात, संचार, कृषि, पर्यटन, उत्पादन तथा प्रशोधन, सूचना प्रविधि तथा खनिज उत्खननसँग सम्बन्धित संगठित संस्थाको बुक बिल्डिङ विधिमार्फत् हुने प्रारम्भिक सार्वजनिक निष्काशनमा मात्र योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न सक्नेगर निर्देशन दिएको थियो ।
सोही निर्देशनको आधारमा कम्पनीले एकसाथ ९ कम्पनीको संस्थापक र साधारण सेयर बिक्री गर्न लागेको हो । कम्पनी कुमारी बैंकको ५ लाख ३० हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । त्यस्तै नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १ लाख ७ हजार ४८४ कित्ता, नेरुडे मिर्मिरे लघुवित्तको ७४ हजार १०६ कित्ता संस्थापक सेयर खरिद गर्ने भएको हो ।
यस्तै मेरो माइक्रोफाइनान्सको संस्थापक सेयर ७८ हजार २०९ कित्ता र साधारण सेयर २८ हजार २३१५ कित्ता बेच्ने भएको हो । कम्पनीले हाइड्रोइलेक्ट्रीसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको ४० हजार १ कित्ता र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको ५ लाख ९४ हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ ।
यस्तै नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडको २ लाख २५ हजार कित्ता र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको १ कित्ता साधारण सेयर बिक्री गर्र्ने निर्णय भएको कम्पनीले जनाएको छ । धितोपत्र बोर्डको गत असारको निर्देशन अनुसार नै ३ मंसिरमा बसेको सञ्चालक समिति बैठकले उक्त सेयर बेच्न निर्णय गरेको कम्पनीले जनाएको छ ।







प्रतिक्रिया