निर्बाचनलाई लक्षित गरी प्रदेशमा कमाण्ड पोष्ट बनाइने

0
Shares

काठमाडौं । गृह मन्त्रालयमा बुधबार केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ । बैठकमा सुरक्षा अवस्था र सुरक्षा चुनौतीबारे विश्लेषण गरिएको छ ।

फागुन २१ मा हुने निर्वाचनमा मजबुत सुरक्षा व्यवस्थापन गर्न एकीकृत सुरक्षा योजना–२०८२ अनुसार ‘प्रदेश कमाण्ड पोष्ट’ गठन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्राचार गर्ने निर्णय बैठकले गरेको छ ।

यसअघि केन्द्रीय सुरक्षा समितिबाट पारित भएको एकीकृत सुरक्षा योजना जिल्ला प्रशासन कार्यालयहरूमा पठाइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रदेश स्तरमा प्रदेश प्रमुख सचिवको संयोजकत्वमा कमाण्ड पोष्ट र निर्वाचन सेल गठन गर्ने व्यवस्था एकीकृत सुरक्षा योजनामा छ ।

सो योजना अनुसार प्रदेश मुख्य सचिवका संयोजकत्वमा कमाण्ड पोष्ट र निर्वाचन सेल गठन गर्न केन्द्रीय सुरक्षा समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गर्ने निर्णय गरेको हो ।

प्रदेश कमाण्ड पोष्टमा प्रदेश स्थित सबै सुरक्षा निकायका प्रमुखहरू, आन्तरिक मामिला हेर्ने मन्त्रालयका सचिव, तथा प्रमुख जिल्ला अधिकारीहरू आमन्त्रित सदस्य हुन्छन् ।

बैठकमा सबै सुरक्षा निकायले समन्वय गरेर प्रभावकारी सुरक्षा व्यवस्था मिलाउनेबारे छलफल भएको छ ।