नेप्सेमा सामान्य अंकको गिरावट, कारोबार घट्यो


काठमाडौं । सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ ।

साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार परिसूचक नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ४.९८ अंकले घटेर २५६१.०८ बिन्दुमा बन्द भएको छ ।

अघिल्लो कारोबार दिन मंगलबार भने नेप्से १५.७० अंकले बढेर २५६६.०७ बिन्दुमा रोकिएको थियो ।

बुधबार नेप्सेमा कुल ३ अर्ब ७७ करोड रुपैयाँ माथिको कारोबार भएको थियो ।

मंगलबार भने ४ अर्ब माथिको कारोबार भएको थियो ।

बुधबार कारोबारमा आएकामध्ये ७७ कम्पनीको सेयर मूल्य बढ्दा १७० कम्पनीको घटेको छ ।

यस्तै, ९ कम्पनीको सेयर मूल्य भने स्थिर छ । बुधबार ८ कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।