
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा आंशिक रूपमा खुला गरेको छ ।
भिजिट भिसा र वर्किङ भिसामा कडाइ गरेको यूएईले भिसा आंशिक रूपमा मात्रै खुला गरेको हो ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि यूएईले नेपालीलाई भिजिट तथा वर्किङ भिसा दिन कडाइ गरेको थियो । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै भिसामा कडाइ गरेको यूएईले आंशिक रूपमा सहज बनाएको हो ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका सचिव कुन्छा दोर्जे डिम्दोङले विशेष सेक्टरमा भिसा जारी भएको पाइएको बताए । उनका अनुसार सरकारी तथा गैरसरकारी क्षेत्रका वर्किङ भिसा जारी भइरहेको छ तर, अन्यको हकमा कुनै जानकारी दिइएको छैन।
‘पहिला बाँकी रहेकोहरूको जारी भइरहेको छ । त्यो बाहेक विशेष सेक्टरमा भिसा आइरहेको छ । सेमी गभर्मेन्ट तथा सरकारसँग जोडिएका कम्पनीहरूको भिसा एप्रुभल भइरहेको छ डिम्दोङले भने ‘स्पेशल अप्प्रुभल मात्रै भइरहेको छ ।’
त्यस्तै भिजिट भिसाको हकमा समेत आंशिक मात्रै खुला गरिएको उनले बताए । यूएईले १६ नोभेम्बरमा मात्रै १८ जना नेपालीको भिसा जारी गरेको थियो ।
परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार पूर्ण रूपमाा बन्द नभएको र आंशिक रूपमा भिसा जारी भइरहेको छ । नेपालले भिसामा देखिएको असहजता हटाउन यूएई सरकारसँग निरन्तर छलफल तथा सम्बाद गरिरहेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल क्षेत्रीले यस विषयमा सम्बन्धित निकायसँग समन्वय र छलफल चलिरहेको बताए ।







प्रतिक्रिया