
काठमाडौं । सरकारले कर दिवसको अवसर पारेर सबैभन्दा बढी कर तिर्ने व्यक्त तथा संस्थाहरुलाई सम्मान गरेको छ । यो वर्ष व्यक्तिगत आयबाट सबैभन्दा बढी कर तिर्नेमा जावलाखेल ग्रुप अफ इन्ड्रस्ट्रिजका राजबहादुर साह परेका छन् ।
विगत ५ वर्षदेखि उत्कृष्ट व्यक्तिगत आयकर तिर्नेमा साह र उनको बुबा विजयकुमार साह परेका छन् । यस अघि लगातार ४ वर्षसम्म सबैभन्दा बढी व्यक्तिगत आयबाट आयकर बुझाउनेमा विजयकुमार साह परेका छन । गतवर्षदेखि उनका छोरा राजबहादुर साह व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिर्नेमा परका छन् ।
यस्तै बैंक तथा वित्तीय संस्थातर्फबाट नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गत आर्थिक वर्ष २०८०/८१ को आय विवरण अनुसार सबैभन्दा बढी आयकर दाखिला गरेको छ ।
इन्भेष्टमेन्ट मेगा बैंक आव २०८०/८१ को आय विवरण अनुसार बैंक, वित्तीय संस्था र बीमा कारोबार गर्ने संस्थामध्येबाट सबैभन्दा बढी आयकर तिर्नेमा परेहो हो ।

यस्तै आव २०८०/८१ को आय विवरण अनुसार सबैभन्दा बढी आयकर तिर्ने निकायहरुमा नेपाल दूरसञ्चार प्राधिकरण परेको छ। सबभन्दा बढी आयक तिर्नेमा एकलौटी फर्ममा थर्ड आई इन्टरनेशनल, वस्तु तथा सेवा कारोबारमा डावर नेपाल, सूचना प्रविधि तथा सेवा निर्यातको कारोबारमा भेरिक्स नेपाल, कृषि एवं पशुपन्छिजन्य उद्योगमध्ये सबैभन्दा बढी आयकर तिर्नेमा पोषक ब्रिडर फार्म परेको छ ।
स्वास्थ्य तथा शैक्षिक संस्थामध्ये नोबेल मेडिकल कलेजले सबैभन्दा बढी आयकर आर्थिक वर्ष २०८०/८१ मा तिरेको छ । उक्त वर्ष बढी आयकर तिर्नेमा पर्यटन व्यसायमा सोल्टी होटल, वस्तु व्यापारको कारोबार गर्नेमा भाटभटेनी सुपर मार्केट एन्ड डिमापर्टमेन्टल स्टोर परेको छ ।

वार्षिक ५० करोडदेखि एक अर्ब रुपयाँसम्म कारोबार गर्ने करदातामध्ये सिडिएस एन्ड क्लियरिङ, ऊर्जामूलक उदोगबाट सबैभन्दा बढी कारोबार गर्नेमा भोटोकोशी पावर कम्पनी, रेमिटेन्समा आइएमई परेको छ ।
२०७६ देखि २०८२ सम्म नियमित मूल्य अभिवृद्धि कर तिर्नेमा नेपाल दूरसञ्चार कम्पनी, बार्षिक ५० करोडसम्मको कारोबार गर्ने करदातामा भिएफ सभिसेस (मोरिसस) र विशेष उद्योगहरुमध्ये सबैभन्दा बढी आयकर तिर्नेमा युनिलिभर नेपाल लिमिटेड परेको छ । सरकारकारले हरेक वर्ष मंसिर १ गते कर दिवस मनाउने र त्यो भन्दा अघिल्लो आर्थिक वर्षमा सबैभन्दा बढी कर तिर्नेलाई सम्मान तथा कदरपत्र प्रदान गर्दै आएको छ ।











प्रतिक्रिया