नेप्सेमा सामान्य अंकको गिरावट, ३ अर्ब ८९ करोडको कारोबार

56
Shares

काठमाडौं । सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.१५ अंकले घटेर २५४०.४० बिन्दुमा कायम भएको छ ।

अघिल्लो कारोबार दिन अर्थात् गत साताको बिहीबार भने नेप्से १.१३ अंकले बढेर २५४५ बिन्दुमा रोकिएको थियो ।

आइतबार नेप्सेमा कुल ३ अर्ब ८९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार भने नेप्सेमा ३ अर्ब ४३ करोड माथिको कारोबार भएको थियो ।

आइतबार कारोबारमा आएकामध्ये ७४ कम्पनीको सेयर मूल्य बढ्दा १६८ कम्पनीको घटेको छ । यस्तै, १४ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

आइतबार चार कम्पनीको सेयर मूल्य नौ प्रतिशत बढीले बढ्दा बुँगोल इनर्जी विकास कम्पनीको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।