
काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा साढे ५ खर्ब रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आवको साउनदेखि असोज मसान्तसम्मको तथ्यांक अनुसार रेमिट्यान्स आप्रवाह ५ खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । यस्तो रेमिट्यान्स आप्रवाह गत वर्षको सोही अवधिको तुलनामा ३५.४ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.९ प्रतिशतले बढेको थियो । २०८२ असोज महिनाको मात्रै रेमिट्यान्स २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रहको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब ४४ अर्ब १७ करोड रुपैयाँ रहेको थियो ।
असोजमा ५ खर्ब नाघ्दा गत साउन र भदौमा रेमट्यिान्य ३ अर्ब ५२ अर्ब आएको थियो ।
नेपालमा भित्रिएको रेमिट्यान्स एकै महिनमा अहिलेसम्मकै धेरै हो । एकै महिनामा २ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएर एकै महिनामा आउनेमा चालू आवको असोजको रेमिट्यान्स अहिलेम्मकै धेरै हो ।
चालू आवेको पहिलो तीन महिनामा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.२ प्रतिशतले बढेर ३ अर्ब ९४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०.६ प्रतिशतले बढेको थियो ।
यो अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु.६१० अर्ब ६१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.४४३ अर्ब ७६ करोड रहेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत था व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या १ लाख २३ हजार ४५९ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ७७ हजार २५७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः १ लाख १० हजार ६५४ र ५९ हजार ९३९ रहेको थियो ।








प्रतिक्रिया