प्रहरीको गोली प्रहारबाट वडाध्यक्षको मृत्यु

2.1k
Shares

धनुषा । धनुषामा प्रहरी जवानले वडाध्यक्षको हत्या गरेका छन् ।

मिथिला बिहारी नगरपालिका ९ का अध्यक्ष विन्देश्वर यादवको प्रहरी जवान शम्भु यादवले गोली हानी हत्या गरेका हुन् ।

केहिबेर अघि भोज खाने विषयमा विवाद हुँदा प्रहरी जवान यादवले वडाध्यक्ष यादवमाथि गोली प्रहार गरी हत्या गरेको डिएसपी गणेश बमले जानकारी दिए ।मृतक यादवको शवको पोष्टमार्टमका लागि अस्पताल लगिएको छ ।

हत्यामा संलग्न प्रहरी जवान यादव जिप्रका धनुषामा कार्यरत छन् । उनको गोली प्रहारबाट केहि घाइते समेत भएका छन् । उनीहरूको उपचार भइरहेको छ ।