एनएलजी इन्स्योरेन्सको नाफामा गिरावट, यस्ता छन् वित्तीय सूचक

84
Shares

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको नाफामा गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको कुल नाफा १० करोड १० लाख रुपैयाँले ऋणात्मक बनेको हो । गत वर्षको सोही अवधिमा भने कम्पनीको कुल नाफा ४ करोड ८९ लाख रुपैयाँ थियो ।

कुल नाफा घटेपनि कम्पनीको खुद बिमाशुल्क संकलनमा भने सुधार आएको छ । गत आवको पहिलो त्रैमासमा १३ करोड ५१ लाख रुपैयाँ बराबरको खुद बिमाशुल्क संकलन गरेको कम्पनीले चालु आवको पहिलो त्रैमासमा भने १७ करोड ५७ लाख रुपैयाँ बराबरको खुद बिमाशुल्क संकलन गरेको छ ।

वित्तीय विवरणअनुसार गत आवको पहिलो त्रैमासमा ३१ करोड १४ लाख रुपैयाँ कुल आम्दानी गरेको कम्पनीले चालु आवको पहिलो त्रैमासमा भने ३९ करोड ४० लाख रुपैयाँ कुल आम्दानी गरेको छ ।

कम्पनीको चालु आवको पहिलो त्रैमासको कुल खर्च ५४ करोड २७ लाख रुपैयाँ रहेको छ । जबकि, गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो कुल खर्च २३ करोड ८४ लाख रुपैयाँ थियो ।

कम्पनीको प्रतिसेयर आम्दानी १५.७६ रुपैयाँले ऋणात्मक छ भने मूल्य आम्दानी अनुपात पनि ४४.२३ रुपैयाँले ऋणात्मक छ । कम्पनीको प्रतिसेयर नेटवर्थ भने १६८.७६ रुपैयाँ छ ।