
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको नाफामा सुधार आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीले पहिलो तीन महिनामा २१ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा २० करोड ५४ लाख रुपैयाँ थियो जुन चालु आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा ४.९४ प्रतिशतले कम हो ।
नाफासँगै कम्पनीको पहिलो तीन महिनाको कुल आम्दानी पनि बढेको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनामा १७ अर्ब ९७ करोड रुपैयाँ कुल आम्दानी गरेको कम्पनीले चालु आवको पहिलो त्रैमासमा भने १८ अर्ब ३६ करोड रुपैयाँ कुल आम्दानीगरेको छ ।
पहिलो त्रैमासमा कम्पनीको खर्च भने घटेको छ । गत आवको पहिलो त्रैमासमा १७ अर्ब २८ करोड रुपैयाँ कुल खर्च रहेकोमा चालु आवको सोही अवधिमा भने कम्पनीको कुल खर्च १६ अर्ब ५७ करोड रुपैयाँ छ ।
कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर आम्दानी ९.५५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३८.१४ रुपैयाँ र पिई अनुपात ७७.९९ रुपैइाँ छ । कम्पनीको औसत प्रतिफलदर ८.१० प्रतिशत रहेको छ ।








प्रतिक्रिया