
काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले हालको सरकारबाट जेनजीले उठाएका विषयको सम्बोधन हुने अपेक्षा राखेको बताएका छन् ।
शनिबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको राष्ट्रिय आर्थिक बहस २.० मा पाण्डेले हालको सरकारबाट जेनजीले उठाएका विषय सम्बोधन हुने अपेक्षा रहेको बताएका हुन् ।
‘प्रधानमन्त्रीले निजीक्षेत्रलाई जुन प्राथमिकताका दिनु भएको छ त्यसका लागि धन्यवाद । तर, यसका साथै, जेनजीले उठाएका विषय सम्बोधनले तीब्रता पाउँछ भन्ने अपेक्षा हामीले गरेका छौं,’ उनले भने, ‘निजी क्षेत्रले आफ्नो भूमिका प्रभावकारी ढंगले खेल्नेछ र खेल्छ ।’
उनले विश्वबजार लगानीका लागि खुला भएकाले हामीले शान्ति सुरक्षाको प्रत्याभूति दिएर नेपालमा लगानी भित्र्याउन भूमिका खेल्नुपर्ने ताए ।
कोरोना महामारीका समयमा लिएका नीतिको असर ३ वर्षसम्म रहेको उल्लेख गर्दै उनले सोचबुझका साथ नीति लिनुपर्ने विषय उठाए ।







प्रतिक्रिया