राष्ट्रिय बिमा कम्पनीका सञ्चालक समिति अध्यक्ष निर्मल ढकालले लिए शपथ

126
Shares

काठमाडौं । नेपाल बिमा प्राधिकरणका अध्यक्ष जनकराज शर्माले राष्ट्रिय बिमा कम्पनीका संचालक समितिका अध्यक्ष निर्मल ढकाललाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

सोमबार प्राधिकरणको केन्द्रीय कार्यालयमा ढकाललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

नेपाल सरकारको २०८२ कात्तिक १४ गतेको निर्णय अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका उपमहानिर्देशक रहेका उनलाई राष्ट्रिय बिमा कम्पनीको अध्यक्ष तोकिएको हो ।

त्यस अवसरमा बिमा प्राधिकरणका निर्देशक कुन्दन सापकोटा र राष्ट्रिय बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. शिवहरि श्रेष्ठ लगायत पदाधिकारी उपस्थित थिए ।