हिमालयन लाइफको सीईओमा कपिल कुमार दाहाल

77
Shares

काठमाडौं । हिमालयन लाइफ इन्स्यारेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कपिल कुमार दाहाल नियुक्त भएका छन् ।

कम्पनीको बुधबार बसेको ५५ औं बैठकबाट कम्पनीको सीईओमा दाहाललाई बिहीबारबाट लागू हुने गरी नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघिका सीईओ मनोज कुमार लाल कर्णले राजीनामा दिएपछि नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) रहेका दाहाललाई कामु सीईओमा नियुक्त गरिएको हो ।