
काठमाडौं । स्टुडियोमै शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी गायिका नितु पौडेलको मृत्यु भएको छ ।
शनिबार दिउँसो गायिका पौडेलले स्टुडियोमा रहेकै अवस्थामा आफ्नो शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी थिइन् । पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेकी उनको कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको हो ।
उनले संगीतकार तथा गायक बाबुल गिरीको कार्यालयमा गएर आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी थिइन् । त्यसपछि उक्त घटनाबारे सोधपुछका लागि गायक बाबुल भनिने धन बहादुर गिरीलाई प्रहरीले नियन्त्रणमा लिएर छाडेको थियो । पौडेलले आफ्नो शरीरमा आगो लगाएपछि निभाउन खोज्नेक्रममा गिरी पनि सामान्य घाइते भएका थिए । अस्पतालबाट डिस्चार्ज भएपछि गिरीलाई प्रहरीले सोधपुछ गरेर छाडैको थियो ।
नितु पौडेलको उपचारको क्रममा मृत्यु भएलगत्तै गायक बाबुल गिरी प्रहरीको सम्पर्कमा पुगेका छन् ।
उनले अक्टोबर १२ मा सामाजिक सञ्जाल फेसबुकमा एक भावुक पोष्ट गरेकि थिइन् । जहाँ लेखिएको थियो ‘हासिरहने यो मुहारभित्रको उदासीपन हरकोहीले कहाँ बुझ्न सक्छ र ?’ उनको यो पोष्ट नै अन्तिम पोष्ट बनेको छ ।
गायिका पौडेलले पिरतीले सल्काइदेउ, सत्यराम कसम, आँखैमा प्यार मनमा तिर्सना लगायतका गीतमा श्वर दिएकी छन् ।








प्रतिक्रिया