
एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले दीपावलीको उपलक्ष्यमा शुभकामना सन्देश दिएका छन् ।
यस पर्वले परिवार र मित्रहरूलाई एकै ठाउँमा ल्याउने उनको भनाइ छ ।
‘म दिवाली मनाइरहेका सबै अमेरिकीहरूलाई शुभकामना दिन्छु,’ ट्रम्पले बयान जारी गरेर बताए ।
‘धेरै अमेरिकीहरूका लागि दिवाली अँध्यारोमाथि उज्यालोको विजयको सम्झना गराउने दिन हो । समुदायिक खुशियाली मनाउन, आशाबाट शक्ति हासिल गर्न र नवीकरणको मर्मलाई आत्मसात गर्न यो समय महत्त्वपूर्ण छ,’ ट्रम्पले बताए ।
‘लाखौं नागरिकले दियो र बत्ती बालिरहँदा हामी खराबमाथि असलले सधैं विजय हासिल गर्ने शाश्वत सत्यमा रमाइरहन्छौं । दिवाली मनाइरहेका सबै अमेरिकीहरूका लागि यस पर्वले दीर्घकालीन शान्ति, समृद्धि, आशा र शान्ति ल्याओस्,’ उनले थपे ।








प्रतिक्रिया