
एजेन्सी । पाकिस्तानको उत्तरी वजीरिस्तानस्थित मिर अलीमा रहेको सैन्य शिविरमा शुक्रबार भयानक आत्मघाती आक्रमण भएको छ ।
त्यसमा परेर सातजना पाकिस्तानी सैनिकहरूको मृत्यु भएको छ ।
तहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) का लडाकुहरूले उक्त आक्रमण गरेका हुन् ।
फाटा क्षेत्रमा अलकायदा लडाकुहरूका विरुद्ध सैन्य कारवाही गरेपछि बेग्लाबेग्लै समूहमा रहेका लडाकुहरू मिलेर सन् २००७ मा टीटीपी गठन गरेका थिए ।
बमसहित आएका आत्मघाती आक्रमणकारीले सैनय शिविरमा लगेर गाडी ठोकाएका थिए ।
त्यसले विशाल विस्फोट गराएपछि धूवाँको ठूलो मुश्लो उठेको थियो ।
पाकिस्तानमा लामो समयदेखि भइरहेको हिंसाका कारण छिमेकी अफगानिस्तानको तालिबानसँग इस्लामाबादको सम्बन्ध चिसिएको छ ।
इस्लामाबादले तालिबानलाई टीटीपीमाथि लगाम लगाउन आग्रह गरेको भए पनि उसले टेरपुच्छर लगाएको छैन ।
यसै विषयमा पाकिस्तान र अफगानिस्तानबीच सीमामा युद्ध भएको छ । अहिले युद्धविरामको स्थिति छ ।








प्रतिक्रिया