जेनजी युवा मिरज ढुंगानाले पार्टी खोल्ने, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था नभएसम्म चुनावमा नजाने

84
Shares

काठमाडौं । जेनजी युवा मिरज ढुंगानाले नयाँ दल घोषणा गर्ने भएका छन् । ‘गरिखान देऊ अभियान’का संयोजक ढुंगानाले भोलि कात्तिक १ गते शनिबार दिउँसो १ बजे काठमाडौंको एभरेष्ट होटलमा पत्रकार सम्मेलन आयोजना गरेर नयाँ दल घोषणा गर्ने जानकारी गराएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत जारी गरेको एक भिडियो सन्देशमा भनेका छन्, ‘प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, विदेशमा भएका नेपालीले मत हाल्न पाउनुपर्ने अधिकार सुनिश्चित हुनुपर्ने लगायतका एजेन्डामा राखेर नयाँ दल खोल्ने छौं ।’

उनका अनुसार नेपालमा बसेर काम गर्ने र गरिखान विदेश जानु नपर्ने वातारण सिर्जना गर्न अभियान चलाइरहेका मिरजले आफ्ना एजेन्डा पूरा नभएसम्म निर्वाचनमा भने नजाने घोषणा गरेका छन् ।

Skip This