
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा असोजमै प्लमको फूल फुलेको छ ।
स्थानीय पूर्णबहादुर पुनको घरमा लगाइएको प्लम असोजको १५ गतेदेखि फुल्न थालेको हो ।
विगतमा फागुन- चैतमा फुल्ने गरेको भए पनि यो वर्ष भने असोजमै प्लम फुल्न थालेकाले आफूहरू अच्चमित भएको स्थानीय प्रविर पुनले बताए ।
‘विगतमा फागुन-चैतमा फूल फुल्थ्यो । यसवर्ष भने असोजमै फुल्न थालेको छ’, उनले भने ।
यहाँ प्रायःसबै घरमा प्लमका बोट छन् । तीमध्ये पुनले लगाएको फूल फुल्न थालेको हो । गएको वर्ष पनि छिल्लीकोटमा पुसमै काफल पाकेको थियो । वनस्पतिविज्ञ खेमराज शर्मा यसरी समयभन्दा अगाडि फुल्नु जलवायु परिवर्तनको असर रहेको बताए ।
‘तापक्रम उच्च हुँदा यसरी समयभन्दा अघि फुल्ने हुन्छ । हाल हरेक वनस्पतिमा यस्तै समस्या देखिएको छ’, उनले भने ।







प्रतिक्रिया