विपिन जोशीको मृत्यु भइसकेको सीएनएनको आकलन

1.1k
Shares

एजेन्सी । गाजामा प्यालेस्टाइनी लडाकु समूह हमासको नियन्त्रणमा रहेका विपिन जोशी र तामिर निमरोदीको मृत्यु भइसकेको आकलन गरिएको भनी सीएनएन सञ्चारमाध्यमले समाचार प्रकाशन गरेको छ ।

नेपालका विपिन जोशी किब्बुज आलुमिमको एक खेतमा काम गरिरहेको बेलामा अपहरणमा परेका थिए । उनी त्यतिखेर २२ वर्षका थिए ।

तामिर निमरोदी इजरायल डिफेन्स फोर्सेसका सैनिक थिए । उनलाई इजरायल र गाजापट्टिको बीचमा रहेको इरेज क्रसिङ नजिक रहेको सैन्य अड्डाबाट अपहरण गरिएको थियो । उनी त्यतिखेर १८ वर्षका थिए ।

जोशी र निमरोदीका विषयमा गम्भीर चिन्ता रहेको भनी इजरायल सरकारले जनाएको थियो । तर, मृत घोषणा गरिएका अन्य २६ बन्दी जस्तो गरी जोशी र निमरोदीलाई आधिकारिक रूपमा मृत घोषणा गरिएको छैन ।

जोशीको परिवारले उनी जीवितै रहेकोमा अटुट विश्वास रहेको बताएका छन् । सन् २०२३ को नोभेम्बरमा उनी जीवित रहेको भिडियो भेटेपछि परिवारको आशा जागेको थियो ।

सोमवार इजरायली सरकारले सबै जीवित बन्दीहरूलाई मुक्त गरिएको भनेपछि निमरोदी र जोशीको मृत्यु भएको आधिकारिक आकलन गरिएको छ ।

कतिपय मृत बन्दीहरूलाई सोमवार इजरायल लगिनेछ ।

तर, हमासले सबै मृत बन्दीहरूलाई खोजेर फर्काउने सम्भावना नरहेको इजरायलको भनाइ छ । मृत बन्दीहरूको शरीरलाई खोज्नका लागि संयुक्त कार्यदल बनाइने इजरायल सरकारको भनाइ छ ।