२५० जना प्यालेस्टाइनी कैदी रिहा गर्दै इजरायल

133
Shares

एजेन्सी । युद्धविराम सहमति अनुरूप इजरायलले २५० जना प्यालेस्टाइनी कैदीहरूलाई रिहाइको तयारी गरेको छ ।

आजीवन कारावासको सजाय पाएका कैदीहरू रिहा गर्ने तयारी भएको हो ।

उनीहरूलाई पश्चिमी किनाराको ओफर नजिकको कारागारमा राखिएको छ ।

उनीहरूलाई ठ्याक्कै कतिखेर रिहा गर्ने भनी खुलाइएको छैन ।

उक्त क्षेत्रमा इजरायलले एउटा क्वाडकप्टर उडाएको सीएनएनले लेखेको छ । त्यसले ‘हामी तिमीहरूलाई सबैतिर हेरिरहेका छौं’ भनी लेखिएका पर्चाहरू फालेको थियो ।

आतंकवादी संगठनलाई समर्थन वा त्यससँग आबद्धता नराख्न सबैलाई चेतावनी दिइएको छ ।

पर्चाको मध्यभागमा आँखाको चित्र बनाइएको छ र ड्रोनहरूको आकृति पनि देखाइएको छ ।

इजरायली सुरक्षाबलले कारागारबाहिर दुईवटा स्टन ग्रिनेड पनि प्रहार गरेका थिए ।

इजरायलले अभियोग नलगाइकन बन्दी बनाएर अन्य कैदी र थुनुवाहरूलाई दक्षिणी इजरायलको केटजायोट कारागारबाट रिहा गरिनेछ । त्यहाँबाट उनीहरूलाई गाजा वा इजिप्टतर्फ पठाइनेछ ।