जीवित १३ बन्दीलाई इजरायली सेनाले लग्यो आफ्नो भूमिमा

455
Shares

एजेन्सी । इजरायली सेनाले हमासको नियन्त्रणबाट रिहा भएका जीवित १३ बन्दीहरूलाई इजरायलको भूमितर्फ लगेको छ ।


गाजापट्टिमा इजरायल डिफेन्स फोर्सेस र शिन बेट फोर्सेसले १३ जना बन्दीलाई भेटेर इजरयाली भूमितर्फ लिएर गएको इजरायलको भनाइ छ ।

उनीहरूलाई इजरायली भूमिमा पुग्नेबित्तिकै प्रारम्भिक स्वास्थ्य उपचार गरिनेछ ।