गाजा जान चाहेको ट्रम्पको भनाइ

210
Shares

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले गाजा पुग्न चाहेको बताएका छन् ।

इजरायलमा अवतरण गर्नुअघि एयर फोर्स वानमा पत्रकारहरूसँग कुराकानी गर्दै ट्रम्पले गाजा भ्रमण गर्न पाएमा गर्वको अनुभव हुने बताए ।

‘त्यहाँ भ्रमण नगरिकनै मलाई त्यसको बारेमा धेरै कुरा थाहा छ,’ उनले बताए, ‘म त्यहाँ भ्रमण गर्न चाहन्छु । कम्तीमा खुट्टा टेक्न चाहन्छु ।’

‘आगामी केही दशकहरूमा ठूलो चमत्कार हुनेछ । धेर हतार गरिएमा राम्रो हुँदैन । सही गतिमा अघि बढ्नुपर्छ । धेर छिटो जान सकिँदैन ।’

Skip This