
एजेन्सी । हमासले बन्दी बनाएका मानिसहरू रिहा हुँदै गर्दा अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प इजरायल पुगेका छन् ।
ट्रम्पको एयर फोर्स वान विमान इजरायलको राजधानी तेल अभिभ नजिक रहेको बेन गुरियोन विमानस्थलमा अवतरण गरेको छ ।
आफूले गरेको युद्धविराम प्रयास सफल भएकाले यसलाई विशेष समयका रूपमा लिने ट्रम्पले बताएका छन् ।
विमानमा चढ्नुअघि पत्रकारहरूसँग कुराकानी गर्दै ट्रम्पले सबैजना युद्धविरामबाट खुशी भएको र यस्तो कहिल्यै नभएको बताए ।
ट्रम्पले सोमवार इजरायलको संसद् कनेसेमा सम्बोधन गर्नेछन् । इजिप्टमा हुने कार्यक्रममा पनि उनी सहभागी हुनेछन् ।








प्रतिक्रिया