हमासले पहिलो खेपमा ७ जना बन्दीलाई गर्‍यो रिहा

693
Shares

एजेन्सी । प्यालेस्टाइनी लडाकु समूह हमासले बन्दी बनाएका जीवित २० मध्ये सातजनालाई सोमवार हस्तान्तरण गरेको छ ।

हमासले अन्तर्राष्ट्रिय रेडक्रसलाई ती बन्दी हस्तान्तरण गरेको हो ।

आइतान मोर, गाली बर्मन, जिभ बर्मन, मतान आंग्रेस्ट, ओमरी मिरान, आलोन इहाल र गाई गिल्बोआ दलाललाई रिहा गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले खबर दिएका छन् ।

इजरायलको दक्षिणी भागमा रहेको रेइम शहरमा सेनाको हेलिकप्टर अवतरण गरेको छ । अन्तर्राष्ट्रिय रेडक्रसले जीवित बन्दीहरू हस्तान्तरण गरेपछि तिनलाई लिनका लागि हेलिकप्टर त्यहाँ पुगेको हो ।

सातजना बन्दीहरूलाई रिहा गरेको खबर सार्वजनिक भएपछि इजरायलमा हर्षोल्लास मनाइएको छ ।

हजारौं मानिस होस्टेजेज स्क्वेयरमा भेला भएका छन् । ‘उनीहरू घर आउँदैछन्’ लेखिएका प्लेकार्ड उनीहरूले बोकेको देखिन्छ ।