रिहा गरिने बन्दीहरूको नाम हमासले गर्‍यो प्रकाशन, विपिन जोशी छैनन् सूचीमा

1.3k
Shares

एजेन्सी । प्यालेस्टाइनी समूह हमासले रिहा गर्ने बन्दीहरूको नाम सार्वजनिक गरेको छ ।

इजरायलसँगको युद्धविराम सहमति अन्तर्गतको पहिलो चरणमा सोमवार २० जना बन्दीहरूको रिहाइ गरिने भएको छ ।

बन्दीहरूको सूचीमा नेपालका विपिन जोशीको नाम छैन । इजरायली सैनिक तमिर निमरोदीको नाम पनि त्यसमा छैन ।

विपिन जोशीको अवस्थाका विषयमा हमासले स्पष्ट पारेको छैन ।

रेडक्रसका बसहरू गाजाको उत्तरी भागतर्फ गएका इजरायली सेनाले जनाएको छ । त्यहाँ एक मिटिङ पोइन्टमा इजरायली बन्दीहरूलाई हमासले हस्तान्तरण गर्नेछ ।