
काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगममा भएका भ्रष्टाचार तथा विभन्नि प्रकारका घोटालाहरुको छानविन गरी पारदर्शी सेवा प्रवाह गर्न जेनजीले माग गरेका छन् ।
जेनजीले निगमभित्रको सबै भ्रष्टाचार र घोटालाको छानविन माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगम, महालेखा परीक्षकको कार्यालयसहित नेपाल सरकारकार सम्बन्धित निकायहरुलाई ज्ञापनपत्र बुझाएका छन ।
जेनजीले वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई भेटेरै आइतबार निगमभित्रको विकृति र विसंगतिको अन्त्य गर्न माग गरेका हुन ।
जेनजीले निगमभित्र विभिन्न आर्थिक घोटाला भएको मनपरी खर्च भइरहेको, पद दुरुपयोगको केन्द्र बनेकोसहितको कारण निगम धरासायी हुँदै गएको दाबी गरेका छन् ।
जेनजी रिभोलिुसनसहितका नेपालका पदाधिकारी, जेनजी वार्ता समिति संयोजक सुदन गुरुङ, जेनजी अगुवा मिराज ढुंगाना, सहित परिवारका सदस्य तथा घाइतेसहितको संयुक्त प्रयासमा ज्ञापनपत्र बुझाएका छन् ।
निगमलाई बुझाएको ज्ञापनपत्रमा जेनजी आन्दोलन प्रतिनिधि पुरुषोत्तम यादव, मिराज ढुंगाना, प्रवेश दाहाल, बब्लु गुप्ता, किशोरी कार्की, टिकाराम लिम्बु, योग्यता भण्डारी, जेम्स कार्की, कासिफ महम्मद मिया, अर्पित कुँवर अर्जुन शाही सहितले हस्ताक्षर गरेका छन् ।
जेनजीले निगमको वाइडबडी जहाज खरिद गर्दा भएको डेढ अर्ब रुपैयाँ भ्रष्टाचारका दाुषिलाई तत्कालै कारवाही गर्न माग गरेका छन् । अख्तियारले अनुसन्धान गरेर विशेष अदालतमा दायर गरेको मुद्दाबाट वाइडबडी खरिदमा दोषि देखिएका निगमका कर्मचारीदेखि देखि पूर्व पदाधिकारीसम्मलाई कारवाही गर्न विशेषले गरेको फैसला कार्यान्वयन गर्न माग गरेका छन् ।
उनीहरुले निगमभित्र भएका अरु घोटाला र विकृति विसंगतिको तत्कालै अनुसन्धान गर्न र त्यसका लागि आवश्यक सहयोग गर्न निगमका कर्मचारीलाई जेनजीले माग गरेका छन् ।









प्रतिक्रिया